७ कार्तिक २०८१, बुधवार

पोलियो दिवसको अवसरमा महोत्तरीमा पहिलोपटक मिनी म्याराथनको आयोजना हुने

६ कार्तिक २०८१, मङ्गलवार
Image

बिशाल बस्नेत, महोत्तरी । विश्व पोलियो दिवसको अवसर पारेर महोत्तरीको बर्दिवासमा हाफ म्याराथानको आयोजना हुने भएको छ ।

बर्दिवास रोटरी कलव र रोट्र्याक कलवले कात्तिक ८ गते नौ किलोमिटर हाफ म्याराथानप्रति प्रतियोगिताको आयोजना गरिएको हो ।

विहान ७ वजेवाट सुरु हुने उक्त प्रतियोगिता भोला बसन्त चोक, वुद्ध चोक, जनता क्याम्पस, हमाल टोल, एभरेष्ट रोड स्कुल, विनायक व्याक्युट, वडा नं. १ को कार्यालय, बरगाछी टोल हुँदै भोला बसन्त चोकमा नै पुगेर ९ किलोमिटरको गन्तव्य पुरा हुनेछ ।

प्रथम हुने प्रतियोगीलाई १० हजार, दोश्रो हुनेलाई ७ हजार, तेश्रो हुनेलाई ५ हजार र चौथो हुनेलाई प्रमाणपत्र प्रदान  गरिने आयोजक पक्षले जनाएको छ । प्रथम, दोश्रो र तेश्रो हुने प्रतियोगीले गौतम, विनायक र गुन्जमा डिनर कुपन समेत प्राप्त गर्ने रोटरी कलव बर्दिवासका अध्यक्ष बिष्णु पुरीले जानकारी दिए ।    

प्रतियोगीहरुको लागि कुनै निश्यत भूगोल निर्धारण नगरिएको र जुनसुकै पालिकाका माहानुभावहरु प्रतियोगितामा सहभागी हुन् सक्ने कार्यक्रम की संयोजक सुमित्रा भट्टराईको भनाई छ । ९ किलोमिटरको उक्त दुरीमा एउटा एम्बुलेन्स प्रतियोगीहरुसँगै रहने संयोजक भट्टराईले वताईन ।

यस्तो म्याराथन महोत्तरी मै पहिलो पटक रहेको आयोजक पक्षले दावी गरेको छ ।