८ कार्तिक २०८१, बिहिवार

भारतविरुद्ध पहिलो हाफमा बंगलादेश ३-१ ले अगाडी

७ कार्तिक २०८१, बुधवार
Image

काठमाडौँ । बंगलादेशले साफ महिला च्याम्पियनसिप अन्तर्गतको खेलको पहिलो हाफमा भारतमाथि ३-१ को अग्रता लिएको छ ।

बंगलादेशले भारतविरुद्धको खेलको पहिलो हाफमा ३-१ को अग्रता लिएको हो ।

बंगलादेशका लागि तोहुरा खातुनले २ गोल गरेकी थिइन् भने अफइदा खानडाकरले एक गोल गरेकी थिइन् । त्यस्तै भारतका लागि एक गोल बाला देवीले गरेकी थिइन् । 

जारी प्रतियोगितामा भारतले पहिलो खेल जितेर सेमिफाइनलमा पुगिसकेको छ भने डिफेन्डिङ च्याम्पियन समेत रहेको बंगलादेश भने पहिलो खेलमा पाकिस्तानसँग १-१ को बराबरी खेलेको थियो ।