८ कार्तिक २०८१, बिहिवार

कतारका लागि नेपालको राजदूतमा रमेशचन्द्र पौडेल नियुक्त

८ कार्तिक २०८१, बिहिवार
Image

काठमाडौं । कतारका लागि नेपालको राजदूतमा रमेशचन्द्र पौडेल नियुक्त भएका छन् ।

विहिबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रमेशचन्द्र पौडेललाई आवासीय राजदूतमा नियुक्त गरेका हुन् ।

पौडेललाई नेपालको संविधानको धारा २८२ उपधारा (१) बमोजिम राजदूत नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।