८ कार्तिक २०८१, बिहिवार

सूचनाको हकको लागि राष्ट्रिय महासंघ मधेश प्रदेशको अधिवेशन सम्पन्न

८ कार्तिक २०८१, बिहिवार
Image

बिशाल बस्नेत, महोत्तरी । सूचनाको हकको लागि राष्ट्रिय माहासंघ मधेश प्रदेशले अजय साहको नेतृत्वमा १५ जनाको कार्यसमिती निर्वाचित गरेको छ ।

आज जनकपुरमा भएको माहासंघको प्रदेश अधिवेशनले ८ वटै जिल्लाको प्रतिनिधित्व हुनेगरी १५ सदस्य निर्वाचित गरेको हो । धनुषावाट दिवेश कुमार महतो, अनिता कुमारी यादव छन भने अध्यक्ष समेत धनुषाका नै हुन । 

त्यसैगरी महोत्तरीवाट उपाध्यक्षको नेतृत्वमा राकेश चौधरी, महिला सचिवमा आरती वुढाथोकी र  सदस्यमा विशाल बस्नेत निर्वाचित भएका छन । महासचिवको नेतृत्वमा कृष्ण थपलिया छन उनी सर्लाहीवाट प्रतिनिधित्व गर्दछन ।

रौतहटवाट सदस्यमा किरण पासवान, बाराबाट सन्दिप प्रसाद यादव, पर्सावाट मनोज कुमार रौनियार, सिरहावाट महिला उपाध्यक्ष पार्वती सुब्बा, सचिवमा दिलिप सहनी, सदस्यमा निर्मला कुमारी दाहाल, बद्री कुमार यादव र सप्तरीवाट अनिल पोखरेल सदस्यमा निर्वाचित भएका छन ।

अघिल्लो कार्याकालको नेतृत्व समेत अजय साहले नै गरेका थिए ।