काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले अफगानिस्तानका यु-१९ क्रिकेटर हसन एइसाखिललाई भित्र्याएको छ । १८ बर्षिय ओपनिंग ब्याट्सम्यान हसनलाई एनपीएलका लागि भित्र्याएको चितवनले जानकारी दिएको छ ।
चितवनले भित्र्याएका हसन तेस्रो विदेशी खेलाडी हुन् । हसन अफगानिस्तानका भेट्रान खेलाडी मोहमद नावीका छोरा हुन् ।
यसअघि चितवनले दक्षिण अफ्रिकाका बलर मार्चेन्ट डी लान्ज र इङल्याण्डका लुक बेनकेनस्टिनलाई अनुबन्ध गरेको थियो ।
चितवनका मार्की खेलाडीमा राष्ट्रिय टिमका कुशल मल्ल रहेका छन् ।
आगामी मङ्सिर १५ देखि पुस ६ सम्म आयोजना हुने एनपीएलमा विदेशी खेलाडी भित्र्याउनेक्रम जारी रहेको छ ।
अहिले सम्झौता भएका खेलाडी:
काठमाडौँ गुर्खाज
- नेदरल्याण्डसका ब्याट्सम्यान माइकल लेभिट
-नामिबियाका अलराउन्डर जेरार्ड इरासमस
लुम्बिनी लायन्स
- इङल्याण्डका विकेट किपर ब्याट्सम्यान टम मूरेज
- अस्ट्रेलियाका अलराउण्डर बेन कटिंग
जनकपुर बोल्ट्स
- न्यूजील्याण्डका जिम्मी निशाम
- अमेरिकाका जोसुआ ट्रोम्प
पोखरा एभेन्जर्स
- वेस्ट इन्डिजका बलर एन्डरसन फिलिप,
- नेदरल्याण्डसका ब्याट्सम्यान बास डि लिडे
- अमेरिकाका विकेटकिपर ब्याट्सम्यान आन्द्रेस गौस
सुदूरपश्चिम रोयल्स
-स्कटल्याण्डका ब्याटिंग अल राउण्डर ब्राण्डन म्याकुलेन
- पाकिस्तानका ब्याटिंग अलराउण्डर सैफ जैब
बिराटनगर किंग्स
- ओमानका कप्तान आकिब इलियास
- क्यानडाका लराउण्डर निकोलस किर्टोन
कर्णाली याक्स
- पाकिस्तानका अल राउण्डर हुसैन टलात
- हङकङका बाबर हायात
चितवन राइनोज
- दक्षिण अफ्रिकाका बलर मार्चेन्ट डी लान्ज
- इङल्याण्डका लुक बेनकेनस्टिन
- अफगानिस्तानका हसन एइसाखिल