भक्तपुर । नेपाल अाँखा कार्यक्रम तिलगंगा अाँखा प्रतिष्ठान र ख्वप तिलगंगा अाँखा अस्पताल भक्तपुरको आयोजनामा भक्तपुर जिल्लाका चारैवटा नगरपालिका अन्तर्गतका स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरुका लागि दुइदिने आधारभुत अाँखा उपचार तालिम दिइएको छ । क्युर व्लाइडनेस परियोजनाको आर्थिक सहयोगमा मंगलबारदेखि सुरु भएको दुईदिने तालिम ख्वप तिलगंगा अाँखा अस्पतालमा संचालन भएको थियो । तालिममा भक्तपुर जिल्लाका चारैवटा नगरपालिकाका ५।५ जना स्वास्थ्यकर्मीले भाग लिएका थिए ।
ख्वप तिलगंगा अाँखा अस्पतालका मेडिकल डाइरेक्टर डा.सुदीप राजभण्डारी, क्युर व्लाइडनेसका परियोजना अधिकृत हस्त राई, बरिष्ठ नेत्र सहायक कृजन सुवाल, सृजना डि.सी र आँखा अस्पतालका इन्चार्ज धिरज अधिकारीले प्रशिक्षकको रुपमा स्वास्थ्यकर्मीलाई तालिम दिएका थिए । तालिम कार्यक्रममा नेपाल अाँखा कार्यक्रम, तिलगंगा अाँखा प्रतिष्ठान तथा बाह्य कार्यक्रमको पृष्ठभूमि आँखाका असामान्य अबस्थाहरु, अाँखाका सामान्य रोगहरु, दृष्टि र दृष्टि परिक्षण गर्ने तरिका ,चश्मा लाग्ने अबस्थाहरु लगायतकाबारेमा तालिम दिइएको थियो ।
भक्तपुर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष रविन्द्र ज्याख्वको प्रमुख अतिथिमा कार्तिक १३ गते शुरु भएको कार्यक्रम प्रमुख अतिथि ज्याख्वले तालिममा सहभागी प्रशिक्षार्थिलाई प्रमाणपत्र बितरण गरी कार्तिक १४ गते बुधबार समापन गरिएको थियो ।
बिगतका बर्षहरुमा बिद्यालयका शिक्षक, शिक्षिका तथा बिद्यालय नर्शलाई लक्षित गरी दिइएको अाँखा उपचार तालिम यसबर्ष पनि संचालन गरिने योजना रहेको अाँखा अस्पतालका इन्चार्ज धिरज अधिकारीले बताए ।