९ मंसिर २०८१, आइतवार

काठमाडौँ महानगरले दियो महिला फुटबल टिमलाई २५ लाख पुरस्कार

१५ कार्तिक २०८१, बिहिवार
Image

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले साफ महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली महिला फुटबल टिमलाई २५ लाख पुरस्कार दिएको छ ।

महानगरका मेयर बालेन शाहले बुधबार रातीनै खेलाडीहरुलाई पुरस्कार रकम हस्तान्तरण गरेका हुन् ।

बुधबार सम्पन्न फाइनल खेलमा नेपाल बंगलादेशसँग २-१ गोल अन्तरले पराजित भएको थियो ।