९ मंसिर २०८१, आइतवार

लिग-२ मा अमेरिकामाथि स्कटल्याण्डको सहज जित

१६ कार्तिक २०८१, शुक्रवार
Image

काठमाडौँ । स्कटल्याण्डले अमेरिकालाई पराजित गरेको छ । आइसीसी विश्वकप लिग-२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजको खेलमा स्कटल्याण्डले अमेरिकालाई ७१ रनले पराजित गरेको हो ।

स्कटल्याण्डले दिएको ३१८ रनको लक्ष्य पछाएको अमेरिका ४४ ओभरमा अल आउट हुदै २४६ रन मात्र बनाएको थियो ।

अमेरिकाका लागि उत्कर्ष श्रीवास्तवाले सर्बाधिक ६७ रन बनाएका थिए भने कप्तान मोनाक पटेलले ५२ रन बनाएका थिए । त्यस्तै संजय कृष्णमुर्थीले ४९ रन बनाएका थिए ।

त्यसैगरी स्कटल्याण्डका बलर ज्याक जार्भिसले सर्बाधिक ४ विकेट लिए भने ब्राड कुरी र मार्क वाटले २-२ विकेट लिएका थिए ।

यस अघि  टस हारेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले ५० ओभरमा ५ विकेट गुमाउदै ३१७ रन बनाएको थियो । स्कटल्याण्डका लागि ब्राण्डन म्याकुलनले १५१ रन बनाएका थिए । 

यो जितपछि स्कटल्याण्ड लिग-२ को अंकतालिकामा तेस्रो स्थानमा उक्लिएको छ । स्कटल्याण्डको १० खेलमा १३ अंक भएको छ । त्यस्तै अमेरिकाको ११ खेलमा १४ अंक छ र लिगमा दोस्रो स्थानमा छ ।

अब सिरिजको अर्को खेल नेपाल र अमेरिकाबीच शनिबार हुदै छ ।