८ वैशाख २०८२, सोमवार

हङकङ सिक्सेस: प्लेट सेमिफाइनलमा नेपाल युएईसँग पराजित

१८ कार्तिक २०८१, आइतवार
Image

काठमाडौँ । हङकङ सिक्सेस अन्तर्गत नेपाल प्लेट सेमिफाइनलमा युएईसँग पराजित भएको छ ।

आइतबार बिहान सम्पन्न प्लेट सेमिफाइनलमा नेपाल युएईसँग ५ विकेटले पराजित भएको हो ।

नेपालले दिएको ९५ रनको लक्ष्य पछाएको युएईले ५.२ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि नेपालले पहिला ब्याटिंग गर्दै ३ विकेट गुमाएर ९४ रन बनाएको थियो ।

योसँगै नेपालको हङकङ सिक्सेसमा आफ्ना सबै खेल खेलेको छ । युएई भने प्लेट फाइनलमा आजै दक्षिण अफ्रिकासँग खेल्ने भएको छ ।