८ मंसिर २०८१, शनिवार

पाकिस्तानविरुद्ध अस्ट्रेलिया २ विकेटले विजयी

१९ कार्तिक २०८१, सोमवार
Image

काठमाडौँ । अस्ट्रेलियाले पाकिस्तानविरुद्धको पहिलो एक दिवसीय खेलमा २ विकेटको जित हासिल गरेको छ । योसँगै घरेलु टोलीले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।

मेलबर्नमा सम्पन्न खेलमा पाकिस्तानले दिएको २०४ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ३३.३ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

अस्त्रेलियाको जितमा जोस इङ्लिसले ४९, स्टेभन स्मिथले ४४ र क्याप्टेन पाट कमिन्सले ३२ रन बनाएका थिए । त्यस्तै पाकिस्तानका बलरहारिस रौफले ३ र शहिन शाह अफ्रिदीले २ विकेट लिएका थिए ।

यसअघि पहिला ब्याटिङ गरेको पाकिस्तान ४६.४ ओभरमा २०३ रनमा अलआउट भएको थियो । पाकिस्तानका लागि कप्तान मोहमद रिजवानले ४४, नसीम शाहले ४० र बाबर आजमले ३७ रन बनाए भने अस्ट्रेलियाका बलर मिचेल स्टार्सले ३ तथा पाट कमिन्स र एडम जाम्पाले समान २-२ विकेट लिएका थिए । अब सिरिजको दोस्रो खेल शुक्रबार हुनेछ ।