८ मंसिर २०८१, शनिवार

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट चार जना पक्राउ

२१ कार्तिक २०८१, बुधवार
Image

बर्दियाको बढैयाताल गाउँपालिका-२ फुटाह चेकपोष्टस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ५० मिलिग्राम सहित खजुरा गाउँपालिका-५ रजनवा बस्ने २७ वर्षीय ननकउ कन्दुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी जमुनी र बिओपि फुटाहबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

त्यस्तै मोरङको बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय २० मिलिग्राम सहित कानेपोखरी गाउँपालिका-५ बस्ने २२ वर्षीय युसन बिकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

त्यसैगरी झापाको मेचिनगर नगरपालिका-६ काँकरभिट्टास्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम सहित शिवसताक्षी नगरपालिका-१ बस्ने २७ वर्षीय पुकार तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

दार्चुला, मार्मा गाउँपालिका-३ बिटुले बस्ने ३० वर्षीय लोकेन्द्र महरलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २ किलो २ सय ग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरीले उनको घर र पसलमा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।