११ पुष २०८१, बिहिवार

उन्मुक्त चन्द लुम्बिनीबाट एनपीएल खेल्ने

२१ कार्तिक २०८१, बुधवार
Image

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लाइन्सले पुर्व भारतीय खेलाडी उन्मुक्त चन्दलाई भित्र्याएको छ ।

३१ बर्षिय चन्दलाई एनपीएलका लागि भित्र्याएको लुम्बिनीले जानकारी दिएको छ । लुम्बिनीले भित्र्याएका मुस्तफा तेस्रो विदेशी खेलाडी हुन् ।

यसअघि लुम्बिनीले इङल्याण्डका विकेट किपर ब्याट्सम्यान टम मूरेज र अस्ट्रेलियाका अलराउण्डर बेन कटिंगलाई भित्र्याएको थियो । लुम्बिनीको मार्की खेलाडीमा रोहित पौडेल रहेका छन् ।

आगामी मङ्सिर १५ देखि पुस ६ सम्म आयोजना हुने एनपीएलमा विदेशी खेलाडी भित्र्याउनेक्रम जारी रहेको छ । 

अहिले सम्झौता भएका खेलाडी:

काठमाडौँ गुर्खाज

- नेदरल्याण्डसका ब्याट्सम्यान माइकल लेभिट
-नामिबियाका अलराउन्डर जेरार्ड इरासमस
 
लुम्बिनी लायन्स

- इङल्याण्डका विकेट किपर ब्याट्सम्यान टम मूरेज
- अस्ट्रेलियाका अलराउण्डर बेन कटिंग
- पुर्व भारतीय खेलाडी उन्मुक्त चन्द

जनकपुर बोल्ट्स

- न्यूजील्याण्डका जिम्मी निशाम
- अमेरिकाका जोसुआ ट्रोम्प
- पाकिस्तानका बलिङ अलराउन्डर मोहमद मोहसिन
-श्रीलंकाका लाहिरु मिलनथा 

पोखरा एभेन्जर्स 

- वेस्ट इन्डिजका बलर एन्डरसन फिलिप,
- नेदरल्याण्डसका ब्याट्सम्यान बास डि लिडे
- अमेरिकाका विकेटकिपर ब्याट्सम्यान आन्द्रेस गौस

सुदूरपश्चिम रोयल्स

-स्कटल्याण्डका ब्याटिंग अल राउण्डर ब्राण्डन म्याकुलेन
- पाकिस्तानका ब्याटिंग अलराउण्डर सैफ जैब
- युएईका रोहन मुस्तफा

बिराटनगर किंग्स

- ओमानका कप्तान आकिब इलियास
- क्यानडाका लराउण्डर निकोलस किर्टोन

कर्णाली याक्स

- पाकिस्तानका अल राउण्डर हुसैन टलात
- हङकङका बाबर हायात
-वेस्ट इन्डिजका चाडविक वाल्टन   

चितवन राइनोज

- दक्षिण अफ्रिकाका बलर मार्चेन्ट डी लान्ज
- इङल्याण्डका लुक बेनकेनस्टिन
- अफगानिस्तानका हसन एइसाखिल