११ पुष २०८१, बिहिवार

महोत्तरी रामगोपालपुर वडा नं.२ को उपनिर्वाचन : दलहरुको घरदैलो अभियान तीव्र, कस्ले मार्ला बाजी ?

२१ कार्तिक २०८१, बुधवार
Image

बिशाल बस्नेत/न्युज कारखाना 

२२ कात्तिक, महोत्तरी 

आसन्न उपनिर्वाचनको लागि महोत्तरीमा दलहरुको चुनावी गर्मागर्मी सुरु भएको छ ।

२६ मंसिरमा निर्धारण भएको उपनिर्वाचनमा आफ्ना उम्मेदवार विजयी वनाउन एमाले, कांग्रेस,माओवादी केन्द्र र जसपा  संघन कसरतमा छन्  ।

जिल्लाको रामगोपालपुर नगरपालिकाका वडा नं.२ का वडा अध्यक्ष मुकेश यादवको दुर्घटनामा परेर मृत्यु भएपछी उपनिर्वाचनलाई लक्षित गर्दै दलहरु चुनावी गतिविधिमा सक्रिय वनेका हुन् ।

मृतक वडा अध्यक्ष माओवादी केन्द्रवाट निर्वाचित भएका थिए । सडक दुर्घटनामा परेर जीवन गुमाएका भनिएका यादवको माओवादी केन्द्रले भने हत्या भएको दावी गर्दै आएको छ । यसै सन्दर्भमा मृतक अध्यक्ष की श्रीमती आईतिदेवी यादवलाई नै उम्मेदवार वनाएर माओवादी केन्द्रले चुनावी गतिविधि अगाडी बढाईरहेको छ भने नेकपा एमाले, नेपाली कांग्रेस र जसपाले पनि उम्मेदवार टुंग्याएर घरदैलो अभियानलाई तीव्रता दिएको छ ।

एमाले र कांग्रेसको केन्द्र र प्रदेशमा गठबन्धनको सरकार भएतापनि याँहा भने चुनावी गठबन्धन गरेका छैनन ।  नेकपा एमालेले सकिवुल खाँ, नेपाली कांग्रेसले मोहम्मद जनिफ खाँलाई र जसपाले नाजामुदीन खानलाई उम्मेदवार वनाएका छन् ।

कुल २१ सय ३७ मतदाता रहेको यो वडामा  यसअघि माओवादी केन्द्रका मृतक वडा अध्यक्ष मुकेश यादवले अहिले कांग्रेसले उम्मेदवार वनाएको मोहम्मद जनिफ खाँलाई पराजित गर्दै विजयी भएका थिए ।

एमाले र कांग्रेसले पुराना नै उम्मेदवार र जसपाले नया अनुहारलाई चुनावी मैदानमा होमेको छ भने अन्य दल लोसपा, जनमत जस्ता दलहरुले उम्मेदवार टुंग्याउने वा कुनै दललाई सहयोग गर्ने विषयमा निर्णयमा पुग्न सकेका छैनन । तर एमालेले उम्मेदवार वनाएका सकिवुल खाँ अघिल्लो निर्वाचनमा जसपावाट उम्मेदवार वनेका थिए ।

उनी मतको आधारमा तेश्रो स्थानमा थिए भने एमालेले उम्मेदवार वनाएको कादिर हुसेन चौथो स्थानमा थिए ।

 संगठनिक मतका हिसावले माओवादी केन्द्र अझै दरिलो देखिएतापनी लोसपा, जनमत लगायत दलले उम्मेदवारको विषयमा टुंगो नलगाउदा परिणामको आकलनका विषयमा आप-आफ्नै विश्लेषण सुरु भएको छ ।

अघिल्लो निर्वाचनमा मुकेश यादवका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका मोहम्मद जनिफ खाँले ३७५ मत ल्याएका थिए भने यादव ४३३ मत ल्याएर विजयी वनेका थिए । त्यसपछि जसपाका उम्मेदवार सकिवुल खाँले ३४२ मत, नेकपा एमालेका उम्मेदवार कादिर हुसैनले २८७ मत, लोसपाका मोहम्मद अहमद रेजा खाँले २२ मत र जनमतका उम्मेदवार अशोक कुमार यादवले १७ मत ल्याएका थिए ।

यसअघिको निर्वाचनमा माओवादी केन्द्र, नेकपा एमाले, कांग्रेस, जसपा, लोसपा र जनमत पार्टीहरु आफ्ना उम्मेदवारसहित चुनावी मैदानमा होमिएतापानी यो निर्वाचनमा लोसपाले उम्मेदवार वनाएर प्रतिस्पर्धामा होमिने वा कसैलाई सहयोग गर्ने भन्ने विषयमा कुनै निर्णयमा पुग्न सकेका छैनन् ।

लोसपाका केन्द्रिय सदस्य पिताम्बर महतोले उपनिर्वाचनको विषयमा छलफल भईरहेको वताए ।

यो वडा मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री तथा नेकपा एमालेका केन्द्रिय सदस्य सरोज यादवको भएको हुनाले पनि आफ्नो पार्टीको उम्मेदवारलाई जिताउन निक्कै कसरत गरिरहेको स्थानीयहरू वताउछन ।  तर सहानुभूति मत तथा सांगठानिक मत समेत् माओवादी केन्द्रको दरिलो भएको हुनाले एमालेको तुलनामा माओवादी वलियो नै रहेको कतिपयको विश्लेषण छ ।

यदि माओवादी केन्द्रका उम्मेदवार आईति यादव निर्वाचित भए मधेशमा नया किर्तिमान वन्ने देखिएको छ । उपमेयर र मेयरमा महिला जनप्रतिनिधि भएतापनी वडा अध्यक्षमा अहिलेसम्म महिलाको प्रतिनिधित्व देखिएको छैन । यसैविच माओवादी केन्द्रका आईतीलाई जिताउन माओवादी केन्द्रका उपमाहासचिव गिरिराजमणि पोखरेल आफै वडाका घरदैलोमा हिडेका छन् भने सरोज यादवलाई भने नेकपा एमाले कै उम्मेदवार जिताउन अस्तित्वको लडाई वनेको छ ।

अहिले महोत्तरी जिल्लाभर नै ३ लाख ३६ हजार ९५ जना मतदाता रहेका छन् जसमध्ये १ लाख ५४ हजार ७ सय ८७ महिला मतदाता, १ लाख ८१ हजार ३ सय ७ पुरुष मतदाता र १ जना अन्य मतदाता रहेका छ बिशाल बस्नेत

आसन्न उपनिर्वाचनको लागि महोत्तरीमा दलहरुको चुनावी गर्मागर्मी सुरु भएको छ ।

२६ मंसिरमा निर्धारण भएको उपनिर्वाचनमा आफ्ना उम्मेदवार विजयी वनाउन एमाले, कांग्रेस,माओवादी केन्द्र र जसपा  संघन कसरतमा छन्  ।

जिल्लाको रामगोपालपुर नगरपालिकाका वडा नं.२ का वडा अध्यक्ष मुकेश यादवको दुर्घटनामा परेर मृत्यु भएपछी उपनिर्वाचनलाई लक्षित गर्दै दलहरु चुनावी गतिविधिमा सक्रिय वनेका हुन् ।

मृतक वडा अध्यक्ष माओवादी केन्द्रवाट निर्वाचित भएका थिए । सडक दुर्घटनामा परेर जीवन गुमाएका भनिएका यादवको माओवादी केन्द्रले भने हत्या भएको दावी गर्दै आएको छ । यसै सन्दर्भमा मृतक अध्यक्ष की श्रीमती आईतिदेवी यादवलाई नै उम्मेदवार वनाएर माओवादी केन्द्रले चुनावी गतिविधि अगाडी बढाईरहेको छ भने नेकपा एमाले, नेपाली कांग्रेस र जसपाले पनि उम्मेदवार टुंग्याएर घरदैलो अभियानलाई तीव्रता दिएको छ ।

एमाले र कांग्रेसको केन्द्र र प्रदेशमा गठबन्धनको सरकार भएतापनि याँहा भने चुनावी गठबन्धन गरेका छैनन ।  नेकपा एमालेले सकिवुल खाँ, नेपाली कांग्रेसले मोहम्मद जनिफ खाँलाई र जसपाले नाजामुदीन खानलाई उम्मेदवार वनाएका छन् ।

कुल २१ सय ३७ मतदाता रहेको यो वडामा  यसअघि माओवादी केन्द्रका मृतक वडा अध्यक्ष मुकेश यादवले अहिले कांग्रेसले उम्मेदवार वनाएको मोहम्मद जनिफ खाँलाई पराजित गर्दै विजयी भएका थिए ।

एमाले र कांग्रेसले पुराना नै उम्मेदवार र जसपाले नया अनुहारलाई चुनावी मैदानमा होमेको छ भने अन्य दल लोसपा, जनमत जस्ता दलहरुले उम्मेदवार टुंग्याउने वा कुनै दललाई सहयोग गर्ने विषयमा निर्णयमा पुग्न सकेका छैनन । तर एमालेले उम्मेदवार वनाएका सकिवुल खाँ अघिल्लो निर्वाचनमा जसपावाट उम्मेदवार वनेका थिए ।

उनी मतको आधारमा तेश्रो स्थानमा थिए भने एमालेले उम्मेदवार वनाएको कादिर हुसेन चौथो स्थानमा थिए ।

 संगठनिक मतका हिसावले माओवादी केन्द्र अझै दरिलो देखिएतापनी लोसपा, जनमत लगायत दलले उम्मेदवारको विषयमा टुंगो नलगाउदा परिणामको आकलनका विषयमा आप-आफ्नै विश्लेषण सुरु भएको छ ।

अघिल्लो निर्वाचनमा मुकेश यादवका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका मोहम्मद जनिफ खाँले ३७५ मत ल्याएका थिए भने यादव ४३३ मत ल्याएर विजयी वनेका थिए । त्यसपछि जसपाका उम्मेदवार सकिवुल खाँले ३४२ मत, नेकपा एमालेका उम्मेदवार कादिर हुसैनले २८७ मत, लोसपाका मोहम्मद अहमद रेजा खाँले २२ मत र जनमतका उम्मेदवार अशोक कुमार यादवले १७ मत ल्याएका थिए ।

यसअघिको निर्वाचनमा माओवादी केन्द्र, नेकपा एमाले, कांग्रेस, जसपा, लोसपा र जनमत पार्टीहरु आफ्ना उम्मेदवारसहित चुनावी मैदानमा होमिएतापानी यो निर्वाचनमा लोसपाले उम्मेदवार वनाएर प्रतिस्पर्धामा होमिने वा कसैलाई सहयोग गर्ने भन्ने विषयमा कुनै निर्णयमा पुग्न सकेका छैनन् ।

लोसपाका केन्द्रिय सदस्य पिताम्बर महतोले उपनिर्वाचनको विषयमा छलफल भईरहेको वताए ।

यो वडा मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री तथा नेकपा एमालेका केन्द्रिय सदस्य सरोज यादवको भएको हुनाले पनि आफ्नो पार्टीको उम्मेदवारलाई जिताउन निक्कै कसरत गरिरहेको स्थानीयहरू वताउछन ।  तर सहानुभूति मत तथा सांगठानिक मत समेत् माओवादी केन्द्रको दरिलो भएको हुनाले एमालेको तुलनामा माओवादी वलियो नै रहेको कतिपयको विश्लेषण छ ।

यदि माओवादी केन्द्रका उम्मेदवार आईती यादव निर्वाचित भए मधेशमा नया किर्तिमान वन्ने देखिएको छ । उपमेयर र मेयरमा महिला जनप्रतिनिधि भएतापनी वडा अध्यक्षमा अहिलेसम्म महिलाको प्रतिनिधित्व देखिएको छैन । यसैविच माओवादी केन्द्रका आईतीलाई जिताउन माओवादी केन्द्रका उपमाहासचिव गिरिराजमणि पोखरेल आफै वडाका घरदैलोमा हिडेका छन् भने सरोज यादवलाई भने नेकपा एमाले कै उम्मेदवार जिताउन अस्तित्वको लडाई वनेको छ ।