११ पुष २०८१, बिहिवार

छठ पर्वका सात सय बर्तालु महिलाहरुलाई वडा अध्यक्षको सारी उपहार !

२१ कार्तिक २०८१, बुधवार
Image

विशाल बस्नेत, महोत्तरी । छठको अवसर पारेर महोत्तरीका एक जना वडा अध्यक्षले ७ सय जना महिलाहरुलाई सारी वितरण गरेका छन् । दोश्रो दिन खरनामाको अवसरमा  बर्दिवास-९ का वडा अध्यक्ष घुरन महतोले गृहणी महिलाहरुलाई सारी वितरण गरेका हुन् ।

महिलाहरुको मुख्य पर्वकोरुपमा चिनिने छठमा नँया र सफा कपडा लगाउनु पर्ने हुँदा सवै जनाले खरिद गरेर लगाउन नसक्ने अवस्थालाई मध्यनजर गर्दै झन्डै ४ लाख वरावरको सारी वितरण गरिएको अध्यक्ष महतोले जानकारी दिए ।

वुधवार एक कार्यक्रमका विच वितरण गरिएको नँया कपडा (सारी)  पाएपछि गृहणी महिलाहरुले निक्कै खुसी व्यक्त गरेका छन् ।

`जनप्रतिनिधिहरुले जनताका आधारभूत समस्या पहिचान गरेर चाडपर्वको मार्कालाई पनि सम्बोधन गर्दा निक्कै खुसी छौ ।´ स्थानिय विनादेवी महतोले भनिन । `जनताका समस्या बुझेर खुसी ल्याउने यस्तै जनप्रतिनिधि हामिलाई चाहिएको हो ।´

वितरणसभामा पालिकाको दक्षिणी क्षेत्रका महिलाहरुको गरिवीको अवस्थालाई मध्यनजर गर्दै वितरण गरिएको नँया सारीले तत्कालको समस्या सावधान गर्ने मात्र हैन पर्वको महत्व समेत प्रगाढ वन्ने अथितिहरुले विस्वास व्यक्त गरे ।

कार्यक्रममा नगरप्रमुख प्रल्हाद कुमार क्षेत्री, उपप्रमुख तारादेवी महतो, राजनिती दलका प्रतिनिधिहरु लगायत स्थानियहरुको वाक्लै उपस्थिति रहेको थियो ।