२३ माघ २०८१, बुधवार

झापामा जुवातास खेलिरहेका १८ जना पक्राउ

२३ कार्तिक २०८१, शुक्रवार
Image

झापा । झापाको शिवसताक्षी नगरपालिका-११ नहर चोक बस्ने ६२ वर्षीय चन्द्रमणी रिमालको घरमा जुवातास खेलिरहेको अवस्थामा रिमाल समेत १८ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय दमक र इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नगद ४ लाख ५४ हजार ५ सय रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।