६ मंसिर २०८१, बिहिवार

नावीले च्याम्पियन्स ट्रफीपछि एकदिवसीय क्रिकेट छोड्ने

२७ कार्तिक २०८१, मङ्गलवार
Image

काठमाडौँ । अफगानिस्तानका अलराउन्डर मोहमद नावीले एकदिवसीय क्रिकेटबाट सन्यास लिने भएका छन् ।

३९ बर्षिय अलराउण्डर नावीले २०२५ मा हुने आइसीसी च्याम्पियन्स ट्रफीपछि एकदिवसीय क्रिकेट छोड्ने बताएका हुन् । बंगलादेशविरुद्धको एकदिवसीय सिरिज जितेपछि नावीले च्याम्पियन्स ट्रफीपछि एकदिवसीय क्रिकेट नखेल्ने बताएका हुन् । 

उनले भनेका छन्- 'पछिल्लो पटक विश्वकपकै समयमा नै सन्यास बारे सोचेको थिए तर च्याम्पियन्स ट्रफीमा छनौट भएपछि सो प्रतियोगिता खेल्ने निर्णय गरेको थिए ।'

नावीले अफगानिस्तान क्रिकेट बोर्डलाई टी-२० क्रिकेट भने खेलिरहने जानकारी दिएको बताइएको छ ।

नावी अफगानिस्तानबाट सबैभन्दा बढी १६७ एकदिवसीय खेल्ने खेलाडी हुन् । साथै उनी विश्वका पहिलो नम्बरका एकदिवसीय खेलाडी पनि हुन् । उनले अफगानिस्तानले २००९ मा एकदिवसीय मान्यता पाएदेखि नै खेलिरहेका छन् ।

नावीले टेस्ट क्रिकेटबाट भने २०१९ मै सन्यास लिएका थिए ।