७ मंसिर २०८१, शुक्रवार

नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्कको अध्यक्षमा इन्जिनियर अमात्य

२८ कार्तिक २०८१, बुधवार
Image

काठमाडांैं । नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्कको अध्यक्षमा इन्जिनियर लोचनलाल अमात्य निर्वाचित हुन सफल भएका छन् । नेटवर्कको राजधानीमा सम्पन्न १८ औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनबाट अमात्यको संयोजकत्वमा ११ सदस्यीय नयाँं कार्यसमिति निर्वाचित हुन सफल भएको हो । 
नेटवर्कको उपाध्यक्षमा प्राडा सुवर्ण शाक्य, महासचिवमा प्राडा हरिकृष्ण श्रेष्ठ र कोषाध्यक्षमा सोलिसा स्थापित निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा डा भुषणराज श्रेष्ठ, इन्भिर वडाल, प्रा विरोध रिजाल, प्रा सरोज धिताल, रोमकान्त पाण्डे (त्रिभुबन विश्वविद्यालय), डा नमराज धामी (पोखरा विश्वविद्यालय) र मनोज शाक्य (काठमाडौं विश्वविद्यालय) रहेका छन् ।