७ मंसिर २०८१, शुक्रवार

राष्ट्रपति पौडेल र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता हुदै

२८ कार्तिक २०८१, बुधवार
Image

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसले आज शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) मा सहभागी हुने सिलसिलामा अजरबैजानको बाकु पुगेका राष्ट्रपति पौडेल र गुटेरसबीच आज भेट हुन लागेको हो ।

राष्ट्रपति पौडेलले आजै नेपालका तर्फबाट ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयमा विशेष सत्र सञ्चालन गर्दै छन् । उक्त सत्रमा जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेका समस्याबारे विश्व समुदायको ध्यानाकर्षण गराइने छ ।

त्यस्तै आजै राष्ट्रपति पौडेल कीर्गिस्तानले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।