७ मंसिर २०८१, शुक्रवार

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

२८ कार्तिक २०८१, बुधवार
Image

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी धनुषा जनकपुर उपमहानगरपालिका-९ ठेगाना भएका ३७ वर्षीय दिब्य श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

उच्च अदालत पाटन ललितपुरको २०८० असार ३ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा २ महिना कैद, बिगो २ करोड ५० लाख रूपैयाँ जरिवाना र क्षतिपूर्ति बापत पीडित राहतकोषमा १० लाख रूपैयाँ जम्मा गराउने ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर जावलाखेलबाट पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनको लागि  जिल्ला अदालत ललितपुर लगनखेल पठाइएको जनाएको छ ।