७ मंसिर २०८१, शुक्रवार

इन्डोनेसियामा ज्वालामुखी विस्फोटका कारण खरानीको बादल, कैयौं उडान रद्ध

२८ कार्तिक २०८१, बुधवार
Image

काठमाडौँ । इन्डोनेसियाको हलिडे आइल्याण्ड नजिकै भएको ज्वालामुखी विस्फोटले वरपरका क्षेत्रमा खतरनाक खरानीको बादल मडारिएको छ । जसका कारण धेरै एयरलाइन्सले अष्ट्रेलिया र इन्डोनेसियाको बाली बीचको उडान रद्द गरेका छन् ।

क्वान्टास, जेटस्टार र भर्जिन अस्ट्रेलियाले बुधबार लुटौबी लाकी-लाकी हिमालको खरानी उडानका लागि सुरक्षित नभएको बताएको छ ।

जेटस्टारले अष्ट्रेलियाको समय अनुसार दिउँसो १२ बजेसम्म बाली जाने र आउने सबै उडान रद्द गरेको जनाएको छ । त्यस्तै भर्जिन अष्ट्रेलियाले बुधबार बाली जाने र आउने सबै उडान रद्द गर्ने जनाएको छ।

यो ज्वालामुखी विष्फोटका कारण आकाशमा ९ किलोमिटर उचाइमा खरानी फैलिएको छ । अघिल्लो साता भएको ठूलो विस्फोटमा १० जनाको मृत्यु भएको थियो ।

अष्ट्रेलियाको मौसम विभागले पनि ज्वालामुखीको खरानी देशको उत्तरी क्षेत्रमा पुग्न सक्ने चेतावनी दिएको छ ।