काठमाडौं । कीर्तिपुरको मेयर पदका लागि नेकपा माओवादी केन्द्रबाट प्रा.डा. शिवशरण महर्जनले मनोनयन दर्ता गरेका छन् ।
मंसिर १६ को स्थानीय तह उपचुनावका लागि एकीकृत समाजवादीसँग तालमेल गरेको माओवादीले महर्जनलाई उम्मेदवार बनाएको हो ।
शनिवार माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा र नेकपा एसका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले कीर्तिपुरको मेयरमा माओवादी र काठमाडौं महानगरपालिका–१६ को वडाअध्यक्षमा नेकपा एसलाई उठाउने सहमति गरे पछि सो स्थानमा महर्जन उम्मेदवार भएका हाु ।
सो दिपक्षिय सहमतिअनुसार अब कीर्तिपुरको मेयरमा माओवादीका महर्जनलाई नेकपा एसले सघाउनेछ भने नेकपा एमले काठमाडौं– १६ मा उठाएका वडाध्यक्ष उम्मेदवारमीनबहादुर मानन्धरलाई माओवादीले सघाउनेछ ।