७ वैशाख २०८२, आइतवार

क्रसर तथा खानी उधोगीहरुको चेतावनी : सरकारले व्यवसायीहरुलाई नजरअन्दाज गरे स्थिति भयावह वन्न सक्छ

३ मंसिर २०८१, सोमवार
Image

बिशाल बस्नेत/न्युज कारखाना 

१ मंसिर, महोत्तरी 

सरकारले क्रसर व्यवसायीहरुलाई उपेक्षाको दृष्टिकोणले हेरेको व्यवसायीहरुले गुनासो गरेका छन् ।

क्रसर तथा खानी उधोग व्यवसायी माहासंघको बर्दिवासमा जारी तेश्रो राष्ट्रिय अधिबेशनमा व्यवसायीहरुले सरकारले क्रसर र खानी उधोगमाथी अत्याचार गरेको आरोप लगाए ।

नविकरणको नाममा सरकारले दु:ख दिएको वताउदै क्रसर तथा खानी उधोगहरुलाई नजरअन्दाज नगर्न उनीहरुले चेतावनी समेत दिएका छन् । माहासंघका अध्यक्ष सिताराम न्यौपानेले विकासको मुख्य मेरुदण्ड मानिएका क्रसर र खानी उधोगहरुले वेरोजगार युवाहरुलाई रोजगारी वनाएर प्रदेश पलायनवाट रोकेको समेत जिकिर गरे ।

चुरेको कारण देखाएर वाहय निकासीलाई  रोक्नुमा समेत अवैज्ञानिक भएको वताउदै सरकारले नदीजन्य पदार्थको माध्यमवाट आर्थिक समृद्विको आधार तयार गर्न सक्ने पुर्व सचिव तथा व्यवसायी बिस्वप्रकाश पण्डितले वताए ।

उदघाटनसत्रमा प्रमुख अथितिकोरुपमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी सहभागी हुने कार्यक्रम रहेतापनि अचानक परेको कार्यक्रमको कारण देखाउदै उपस्थित भएनन  । अन्तिम समयमा उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापति अब्दुल खानलाई प्रमुख अथिति वनाईएको थियो ।

सुक्रवारवाट  सुरु भएको दशौ र एघारौ साधारणसभा तथा तेश्रो अधिबेशन आज  नया नेतृत्व चयनगरेसँगै समापन हुनेछ ।