काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले करारमा कर्मचारीका लागि विज्ञापन आह्वान गरेको छ। सोमबार सूचना जारी गर्दै प्रयोगशालाले चालू आर्थिक वर्षको बाँकी अवधिका लागि मेडिकल माइक्रोबायोलोजिष्ट एक जना, मेडिकल ल्याब टेक्नोलोजिष्ट एक जना र ल्याब टेक्नेसियन पाँच जना कर्मचारी माग गरेको हो।
योग्यता पुगेका उम्मेदवारले मंसिर १७ गतेभित्र आवेदन दिइसक्नुपर्ने छ।