६ मंसिर २०८१, बिहिवार

सुन तोलाको एक हजारले बढ्यो

६ मंसिर २०८१, बिहिवार
Image

काठमाडौं । आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजारले बढेर तोलाको एक लाख ६४ हजारमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको एक लाख ६३ हजारमा कारोबार भएको थियो  ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।