९ मंसिर २०८१, आइतवार

नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट

६ मंसिर २०८१, बिहिवार
Image

काठमाडौँ । अन्तर्राष्ट्रिय फौजदारी अदालतले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र पूर्व रक्षा मन्त्री योभ गलान्टलाई गिरफ्तारी वारेन्ट जारी गरेको छ । अदालतले लोकतान्त्रिक देशका नेताहरूविरुद्ध यस्तो वारेन्ट जारी गरेको पहिलो पटक हो ।

अन्तर्राष्ट्रिय फौजदारी अदालतको प्रि-ट्रायल च्याम्बरका तीन न्यायाधीशहरूले मानवताविरुद्धको अपराध र युद्ध अपराधको आरोपमा सर्वसम्मतिले वारेन्ट जारी गरेका हुन् ।

अभियोजक करीम खानले गाजा नरसंहार हरेको भन्दै मुद्धा दायर गरेका थिए ।

यो आदेशपछि नेतान्याहु र ग्यालान्ट दुबै आईसीसीको पक्षमा रहेका १२० भन्दा बढी देशहरूमा यात्रा गरेमा पक्राउ पर्ने छन् । त्यस्तै अदालतले मोहम्मद दीब इब्राहिम अल-मसरी (जसलाई मोहम्मद डेफ भनेर पनि चिनिन्छ) ७ अक्टोबर, २०२३ मा युद्धलाई उत्प्रेरित गर्ने नरसंहारमा वारेन्ट जारी गरेको छ । इजरायलले हवाई हमलामा डेफ मारेको बताए पनि हमासले आफ्नो सैन्य शाखाको प्रमुखको मृत्यु भएको औपचारिक रूपमा कहिल्यै स्वीकार गरेको छैन ।

अदालतको यो निर्णयले हाल हमास हिजबुल्लाहवृद्ध लडाईमा रहेका नेतान्याहुलाई मुश्किलमा पार्नसक्ने विश्लेषण गरिएको छ ।

अन्तर्राष्ट्रिय फौजदारी अदालतले वारेन्ट जारी गरेपनि यसको व्यावहारिक प्रभावहरू सीमित हुन सक्ने बताइएको छ किनभने इजरायल र यसको प्रमुख सहयोगी, संयुक्त राज्य अमेरिका, यस अदालतको सदस्य छैनन् ।