झापा, १३ पुस । प्रेस सेन्टर नेपालको झापा अध्यक्षमा पत्रकार पुष्प खड्का सर्वसम्मत चयन हुनु भएको छ ।
सेन्टरको आज विर्तामोडमा आयोजित १० औं जिल्ला अधिवेशनले खड्काको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षद्वयमा होमप्रकाश अधिकारी र सन्तोष शर्मा, सचिवमा प्रकाश उप्रेती, सहसचिवद्वयमा लेखनाथ चापागाईं र राजन साम्पाङ्ग तथा कोषाध्यक्षमा मनोज तिवारीको नाम सर्वसम्मत चयन भएको छ ।
सदस्यमा टिकाराम बाँस्तोला, भोला तिम्सिना र पर्वत तामाङ चयन हुनु भएको छ । डण्डिराज घिमिरे र झुलन रेग्मीलाई केन्द्रीय प्रतिनिधि चयन गरिएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ झापामा निर्वाचित कार्यसमितिका सचिव राजु पाठक र सदस्य सन्तोष शर्मालाई सम्मान गरिएको थियो ।
नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज राजु आचार्य (अग्नि)को प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा पार्टी केन्द्रीय कमिटी सदस्य भवानी दङ्गाल, प्रेस सेन्टर नेपालका सचिवालय सदस्य दिपिन राई, केन्द्रिय कमिटी सचिब बिमल लामिछाने, केन्द्रिय सदस्य लीलाराज खड्का, प्रदेश उपाध्यक्ष डण्डिराज घिमिरेले शुभकामना व्यक्त गर्नु भएको थियो ।