२१ पुष २०८१, आइतवार

“नगरभित्र काण्डहरु नमच्चिउन् भनेर हामी छिट्टै कदम चाल्दैछौं”

१९ पुष २०८१, शुक्रवार
Image

मेचीनगर, १९ पुस । मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपाल बुढाथोकीले स्थानीय सहकारी संस्थाहरुको कडाइका साथ अनुगमन गरिने बताउनु भएको छ ।

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको धुलाबारी शाखामा विहीवार आयोजित २८ औं साधारणसभालाई सम्बोधन गर्दै उहाँले सहकारी संस्थाहरुमा गलत काम भएमा नछाड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

“केही सहकारीका गलत कुराहरु सुन्नमा आएका छन्,” नगरप्रमुख बुढाथोकीले भन्नुभयो–“नगरभित्र काण्डहरु नमच्चिउन् भनेर हामी छिट्टै कदम चाल्दैछौं ।”

उहाँले गलत काम गर्ने सहकारीको सञ्चालकहरुका विरुद्ध नगरमा उजुरी आएको संकेत गर्दै नगरपालिकाले गठन गरेको सहकारी समन्वय समितिसँग यस बारेमा छलफल गर्ने तयारी भइरहेको बताउनुभयो ।