२३ माघ २०८१, बुधवार

सिटिजन्स बैंकको सेयर बिक्रीमा

२६ पुष २०८१, शुक्रवार
Image

काठमाडौं, पौष २६ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सेयर बिक्री खुला गरेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको २ लाख ६४ हजार ६१.५८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । बैंकले प्रतिकित्ता सेयरको न्यूनतम भाउ १०२ रुपैयाँ तोकेको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । 

सेयर खरिद गर्न इच्छुक संस्थापकले आज शुक्रबार (पुस २६ गते) बाट ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन पेश गर्नु पर्नेछ । उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।