२३ माघ २०८१, बुधवार

सुरुङ्गा प्रेस क्लवको अध्यक्षमा झापाली सर्वसम्मत

२७ पुष २०८१, शनिवार
Image

झापा, २७ पुस । कनकाई सुरुङ्गा प्रेस क्लवको अध्यक्षमा पत्रकार लीलाराज झापाली सर्वसम्मत हुनु भएको छ ।

शुक्रबार सुरुङ्गामा भएको क्लवको अधिवेशनबाट झापालीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । 

समितिको उपाध्यक्षमा संगीता उप्रेती र चुडामणि तिम्सिना, सचिवमा मनोज बस्नेत, सहसचिवमा अनुप भण्डारी र कोषाध्यक्षमा चन्द्र बस्नेत निर्वाचित हुनु भएको छ । 

सदस्यहरुमा आइपी भट्टराई, सूर्यप्रसाद अधिकारी, केशव चापागाईँ, होमकुमारी कुमाल र जनक न्यौपाने चयन हुनुभयो ।

यसअघि क्लवको अध्यक्ष रामप्रसाद निरौला हुनुहुन्थ्यो । बिगतमा विभाजित क्लवलाई निरौलाले नै एकताबद्ध बनाउनु भयो ।

अधिवेशनमा नेपाल पत्रकार महासंघ झापाको नवनिर्वाचित नेतृत्वलाई सम्मान गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि कनकाईका नगरप्रमुख राजेन्द्र पोखरेल हुनुहुन्थ्यो ।

क्लवले कनकाई वडा नंं ७ का पत्रकार अमृत योङहाङलाई रु. पाँच हजार एक सय नगदसहित सम्मान गरेको छ । 

कार्यक्रममा क्लवका अध्यक्ष निरौलाले प्रेस क्लवको अवस्था र आर्थिक गतिविधि सहितको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।