२३ माघ २०८१, बुधवार

मेचीनगर

मेचीनगरमा वालिका दूर्व्यवहारको दुई घटनामा प्रिन्सिपल र चालक पक्राउ

२७ पुष २०८१, शनिवार
Image

झापा, २७ पुस । वालिका दूर्व्यवहारको आशंकामा मेचीनगरको दुई घटनामा एक प्रिन्सिपल र एक सवारी चालक पक्राउ परेका छन् ।

स्रोतका अनुसार मेचीनगर वडा नं. ४ का एक निजी विद्यालयका प्रिन्सिपललाई एसइइ दिन लागेका वालिकामाथि दूर्व्यवहार गरेको अभियोग लागेको छ । 

पीडित वालिकाले घटना सुनाएपछि अभिभावकहरुको उजुरीमा प्रिन्सिपललाई प्रहरीले अनुसन्धानका लागि शुक्रवार नियन्त्रणमा लिएको बुझिएको छ ।

यसैगरी, मेचीनगर वडा नं. ९ मा निर्माणाधीन सडकमा इस्काभेटर चलाउने एक चालकलाई पनि अभिभावकहरुको उजुरीका आधारमा प्रहरीले शुक्रवार नै नियन्त्रणमा लिएको छ । 

इस्काभेटर चालकले मध्यराति स्थानीय एक वालिकालाई इस्काभेटर राखिएको स्थानमा बोलाएका थिए । अभिभावकहरु खोज्दै आएपछि वालिकालाई इस्काभेटरमै छाडेर भागेका चालकलाई भोलिपल्ट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा रहेको यी दुबै घटनाका विषयमा प्रहरीले जानकारी सार्वजनिक गरेको छैन ।

घटनाको विस्तृत विवरण खोजी भइरहेको छ ।