९ माघ २०८१, बुधवार

महोत्सव उद्घाटन गर्न मुख्यमन्त्री कार्की आउने

७ माघ २०८१, सोमवार
Image

झापा, ७ माघ । विर्तामोडमा मंगलवार सुरु हुने अन्तर्राष्ट्रिय औद्योगिक तथा व्यापार महोत्सवको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्नु हुने भएको छ ।

आयोजक विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले आज पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिनु भएको हो ।

उद्घाटन कार्यक्रममा प्रदेशका खानेपानी, सिञ्चाई तथा ऊर्जा मन्त्री एकराज कार्की समेत सहभागी हुनुहुनेछ ।

महोत्सव माघ ८ देखि १९ गतेसम्म सञ्चालन हुनेछ ।