१ चैत २०८२, आइतवार

बैतडीमा बँदेलका लागि थापिएको पासोमा चितुवा

१५ माघ २०८१, मङ्गलवार
Image

बैतडी । बैतडीमा बदेलका लागि थापिएको पासोमा चितुवा फसेको छ।

दशरथचन्द नगरपालिका–८ स्थित त्रिपुरसुन्दरी मन्दिर नजिक बँदेलका लागि थापिएको पासोमा चितुवा फसेको छ।

बँदेलका लागि थापिएको पासोमा चितुवा फसेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भरतप्रसाद भट्टले जानकारी दिए। चितुवाको उद्धारका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा, कञ्चनपुरको टोली बैतडी गएको जनाइएको छ।