काठमाडौ, माघ २५ । नेपाली बजारमा सुनको भाउ शुक्रबार चार सय रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख ६८ हजार १०० रुपैयाँमा झरेको छ ।
यसअघि बिहीबार छापावाल सुनको मूल्य १ लाख ६८ हजार ५०० रुपैयाँ कायम भएको थियो । यसअघि मंगलबार, बुधबार र बिहीबार सुनको भाउ क्रमशः प्रतितोला १९००, २२०० र १६०० रुपैयाँले बढेको थियो । यता, शुक्रबार चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर १९ सय ८५ रुपैयाँ कायम भएको छ ।