२२ चैत २०८१, शनिवार

मेयर जैसवालद्वारा कलवार धर्मशालाको शिलान्यास

४ फागुन २०८१, आइतवार
Image

रौतहट - रौतहटको मध्यभाग गरुडा नगरपालिकाका मेयर कन्थमणि जैसवालले एक समारोहका बीच शनिबार कलवार धर्मशालाको शिलान्यास गरेका छन्।

मेयर जैसवालले गरुडा-६ पोठियाही गाउँमा विधिवत रूपमा ब्राहमणद्वारा मन्त्रोच्चारणपछि धर्मशालाको शिलान्यास गरेका हुन्।

नगरस्तरीय बजेटबाट २० लाखको लागतमा कलवार धर्मशालाको निर्माण हुने मेयर जैसवालले बताएका छन्।

अढाइ कठ्ठा क्षेत्रफलमा निर्माण भइरहेको धर्मशाला धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधिहरूको लागि महत्वपूर्ण स्थल बन्ने उनले विश्वास व्यक्त गरेका छन्।

गरुडा नगरपालिकाले नगरवासीहरूको धार्मिक तथा सामाजिक आवश्यकताहरूलाई ध्यानमा राख्दै समुचित पूर्वाधार निर्माणमा निरन्तर प्रतिबद्धता जनाइरहेको छ। यस परियोजनाले समुदायबीच भाइचाराको सम्बन्ध मजबुत बनाउने तथा यात्रु एवम् श्रद्धालुहरूलाई आवश्यक सुविधा प्रदान गर्ने विश्वास लिएको उनको भनाइ रहेको छ।

शिलान्यास कार्यक्रममा मेयर कन्थमणि जैसवालसँगै वडा ६ का अध्यक्ष रामबाबु चौधरीलगायतको सहभागिता रहेको थियो।