झापा, ५ फागुन । मेचीनगर वडा नं. ३ स्थित बलभद्र आधारभूत विद्यालयका पूर्व विद्यार्थीले सहयोग जुटाएर आफु पढेको विद्यालयमा सीसी क्यामरा जडान गरेका छन् ।
विद्यालयमा जडान गरिएको १४ वटा सीसी क्यामेराको आज मेचीनगरका नगर शिक्षा अधिकारी होमनाथ भण्डारीले उद्घाटन गर्नुभयो ।
२०८० को ब्याचसम्म अध्ययन गरेका पूर्व विद्यार्थीले अर्पण बलम्पाली मगरको नेतृत्वमा सीसी क्यामरा खरिद गर्न पूर्वविद्यार्थीबाटै रकम जुटाएका हुन् ।
क्यामरा जडानमा रु. दुई लाख २९ हजार खर्च भएको पूर्व विद्यार्थी समाजका अध्यक्ष समेत रहनु भएको मगरले बताउनुभयो ।
उहाँकै अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा शिक्षा अधिकारी भण्डारी, वडा अध्यक्ष हर्कबहादुर बस्नेत, मेची उद्योग बाणिज्य संघका सदस्य सन्तोष खवास लगायतले मन्तब्य ब्यक्त गर्दै शिक्षाको विकासमा पूर्व विद्यार्थीले पुर्याएको योगदानको खुलेर प्रशंसा गर्नु भएको थियो ।
प्रधानाध्यापक निरज पोखरेलले स्वागत र शिक्षक देबु बानियाँले उद्घोषण गर्नु भएको कार्यक्रममा क्यामरा जडान अभियानमा सहयोग गर्ने दाताका वुवाआमासहित परिवारलाई सम्मान गरिएको थियो ।
सीसी क्यामराका लागि मायादेवि बलम्पाकी, दिनेश शंकर, मेघनाथ थापा मगर, युवराज लुङ्गेली, सिमान्त थापा मगर, नविन थापा मगर, पवन बलम्पाकी मगर, रुपेश लुङ्गेली मगर, टंक गुर्बाछान मगर, नरेन्द्र राना मगर, हेमन्त लुङ्गेली मगर, रोशन गुर्बाछान मगर, सुबित बलम्पाकी मगर, राजकुमार बलम्पाकी मगर, राकेश बलम्पाकी मगर, अम्बर बलम्पाकी मगर, राजेन्द्रकुमार थापा मगर, शिशिर ठाडा मगर, पेमा तामाङ, बिमल बुर्झा मगर, सन्तवीर तामाङ, प्रतिक लुङ्गेली, रामकुमार गोले तामाङ, बिशाल दास, जयविर राई, निशान गुर्बाछान मगर, बलबहादुर आले मगर, सरोज सुनारी मगर, हेमन्त बस्नेत, रक्षा जर्घा मगर, सोमबहादुर जर्घा मगर, यज्ञराज राना मगरलगायतले सहयोग दिनु भएको थियो ।
विद्यालयलाई विभिन्न समयमा सहयोग गर्ने दाताहरु मेची उद्योग बाणिज्य संघका सदस्य सन्तोष खवास, बहुवन सामुदायिक वन, जागृति युवा समाज, डाँडागाउँ कार्की गाउँ टोल विकास संस्था, धरधरे एकता समाज, जनहित समावेशी समाज र प्रेम ज्योति धिमाल समाजलाई समेत सो अवसरमा सम्मान गरिएको थियो ।