भैरहवा, फागुन ०८ । सिद्धार्थनगर नगरपालिका १२ स्थित काशी नोवेल एकेडेमीले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह ( आईएसओ) लोगो प्राप्त गरेको छ । विद्यालयको प्रङ्गणमा बुधबार एक समारोहका बीच उत्कृष्ट विद्यालयहरुलाई प्रदान गरिने आईएसओ को चिन्ह काशी नोवेल एकेडेमीलाई हस्तान्तरण गरिएको हो।
उत्कृष्ट विद्यालयहरूलाई प्रदान गरिने अन्तर्राष्ट्रिय मापदण्डको गुणस्तरचिन्ह ‘आईएसओ’ सर्टिफिकेट प्राप्त गर्ने सिद्धार्थनगर नगरकालीकाको पहिलो विद्यालय काशी नोवेल एकेडेमी बनेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम जैसी, प्रधानाध्यापक राजेन्द्र घिमिरेलाई नेपाल आइएसओका नेपाल प्रतिनिधि सुदिप शर्माले उक्त लोगो हस्तान्तरण गरेका हुन् ।
समारोहमा प्रमुख अतिथि तथो जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले आइएसओ सर्टिफिकेट प्रात गरेकोमा काशी नोवेल एकेडेमीलाई बधाई ज्ञापन गर्नुभयो।
आइएसओ सर्टिफाइट गर्ने संस्थाका प्रतिनिधि शर्माले उक्त विद्यालयले अधिकांश मापदण्ड पूरा गरेको र अबको अबधिमा बाँकी मापदण्ड विद्यालयका सबै मिलेर आ–आफनो तह र तब्काबाट जिम्मेवारी पूरा गर्न पनि भनेका छन ।
आइएसओ २१००१ शैक्षिक संस्थाहरूका लागि अन्तर्राष्ट्रिय मानक हो, जसले शैक्षिक संस्थ ाहरूमा सिक्ने र सिकाउने माध्यमहरूका लागि मार्गनिर्देश गर्दछ ।
समारोहमा विशिष्ट अतिथि प्याबसन नेपालका उपाध्यक्ष विष्णु पन्थी, सिद्धार्थनगर नगरपालिकाका शिक्षा शाखा अधिकृत जानव् िपाण्डे, आइएसओका प्रतिनिधि प्रमुख सुदिप शर्मा, नारायण दवाडी, टिकाराम शर्मा, लगाएत विभिन्न विद्यालयका प्राचर्य तथा अभिभावकहरुको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन सह–प्राचार्य श्री रायमाझीले गर्नुभएको थियो ।