९ फागुन २०८१, शुक्रवार

एनएमबि म्युचुअल फन्डमा आवेदन दिने आज अन्तिम दिन

८ फागुन २०८१, बिहिवार
Image

भैरहवा, फागुन ०८ । एनएमबि क्यापिटलको म्युचुअल फन्ड योजनामा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले माघ २४ गतेदेखि बिक्री खुला गरेको म्युचुअल फन्ड योजनामा आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । 

एनएमबि म्युचुअल फन्ड अन्तर्गत ‘एनएमबि हाइब्रिड फन्ड एल–२’ को १२ करोड इकाई बिक्री खुला गरिएको हो । प्रतिइकाई १० रुपैयाँको दरले उक्त योजना निष्कासन भएको हो ।

जसमध्ये कुल योजनाको आकारमध्ये १४ प्रतिशत अर्थात् १ करोड ६८ लाख इकाई कोष प्रवर्धक एनएमबि बैंक र १ प्रतिशत अर्थात १२ लाख इकाई योजना व्यवस्थापक एनएमबि क्यापिटलले खरिद गर्नेछन् । बाँकी रहेको १० करोड २० लाख इकाई सर्वासाधरको लागि सार्वजनिक निष्कासन भएको हो । 

यसमा न्यूनतम १०० इकईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । 

एनएमबि क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुने यो म्युचुअल फन्ड बन्दमुखी योजना हो । यसको अवधि १० वर्ष रहेको छ ।