काठमाडौं । आज संघीय संसद् अन्तर्गत दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभा दिउँसो १ बजे बस्नेछ भने राष्ट्रियसभाको बैठक सवा १ बजे बस्नेगरी बोलाइएको छ ।
आज राष्ट्रियसभाको बैठकमा राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको विधेयकहरूका सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश जानकारी गराउने कार्यसूची रहेको छ ।
त्यस्तै विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले नपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।