८ वैशाख २०८२, सोमवार

कचनकबलबाट सुरु भयो माओबादीको जनजागरण अभियान

१२ फागुन २०८१, सोमवार
Image

झापा, १२ फागुन । नेकपा माओबादी केन्द्रले झापाको कचनकबलबाट राजनीतिक जागरण यात्रा सुरु गरेको छ ।

आज सुरु भएको अभियानलाई पार्टीले तराई मधेस जनजागरण अभियान नाम दिएको छ ।

पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुककै होचो स्थान केचनास्तम्भमा राष्ट्रिय झण्डा फहराउनु भएको छ ।

यात्राको उद्घाटन सभा बनियानीस्थित हुक्काहुक्की चोकमा भइरहेको छ । जसलाई अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ ।

अभियानको सुरुदेखि समापनसम्म अध्यक्ष दाहाल सहभागी हुने बताइएको छ । हुलाकी राजमार्ग हुँदै अभियान अघि बढ्ने जनाइएको छ ।