७ वैशाख २०८२, आइतवार

महोत्तरीवाट राष्ट्रिय खेलमा सहभागी हुने खेलाडीको बिदाई

१५ फागुन २०८१, बिहिवार
Image

बिशाल बस्नेत/न्युज कारखाना 

१५ फाल्गुन, महोत्तरी, महोत्तरीवाट मधेश प्रदेशको प्रतिनिधित्व गरेर राष्ट्रिय खेलमा सहभागी हुने  चार जना खेलाडीहरूलाई उधोग बाणिज्य संघले विदाई गरेको छ ।

जिल्लाको बर्दिवासवाट कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते खेलमा छनोट भएका ईशान श्रेष्ठ, समुयल मुग्राति, सुस्मिता राणा र होम वहादुर थापालाई वुधवार बर्दिवास उधोग बाणिज्य संघले विदाई गरेको हो ।

आफ्ना खेलाडीहरुलाई प्रोत्साहन मिलोस भन्ने उदेश्यले जनही एक/एक जोर जर्सी  सहित विदाई गरिएको उधोग बाणिज्य संघ बर्दिवासका अध्यक्ष बिष्णु खडकाले जानकारी दिए ।

सहभागी खेलाडीहरुले मधेश प्रदेशको प्रतिनिधित्व हुने गरि कराते खेलमा प्रतिस्पर्धा गर्नेछन । महोत्तरीवाट छनोट भएका चारै जना खेलाडीहरु बर्दिवासका हुन । 

उनिहरुलाई आन्तरिक प्रतिस्पर्धाका आधारमा जिल्लावाट छनोट गरिएको कराते माहासंघ महोत्तरीका अध्यक्ष सन्तोष दर्लामीले वताए ।