२९ चैत २०८१, शनिवार

तस्करीको आशंकामा विराटनगरबाट मालबाहक ट्रक प्रहरीको नियन्त्रणमा

२० फागुन २०८१, मङ्गलवार
Image

विराटनगर- तस्करीको आशंकामा मोरङ प्रहरीले विराटनगरबाट एउटा मालबाहक ट्रक नियन्त्रणमा लिएको छ।

सोमबार साँझ साढे ५ बजे विराटनगर महानगरपालिका-१८ स्थित आइसिपी रोडबाट प्रहरीले युपी८७ ९१८१ नम्बरको मालबाहक ट्रक निषन्त्रणमा लिएको हो।

बिल बिजकभन्दा बढीको सामान रहेको सूचना आएपछि ट्रक नियन्त्रणमा लिइएको मोरङका प्रहरी उपरीक्षक नारायण चिमरियाले बताए।

ट्रकमा इलेक्ट्रिक, फुड सम्पिमेट्री, कस्मेटिक, मेडिकललगायत ४५ लाख रुपैयाँ बराबरको सामान रहेको चिमरियाले बताए।

प्रहरीले ट्रक चालक भारतका मोहम्मद अस्लामलाई नियन्त्रणमा लिएर ट्रकसहित राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको छ।