२७ चैत २०८१, बिहिवार

मेचीनगर गोल्डकप

झापालाई सडन डेथमा हराउँदै चर्च ब्वाइज बिजयी

२५ फागुन २०८१, आइतवार
Image

झापा, २५ फागुन । झापा एफसीलाई सडनडेथमा हराउँदै चर्च व्वाइज युनाइटेड पाँचौं मेचीनगर गोल्डकपको आजको खेलमा बिजयी भएको छ । 

चर्च व्वाइज सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा दुबै टिमले एक एक गोल गरेपछि ट्राइबे्रकरमा खेल खेलाइएको थियो । त्यसमा दुबैले चार चार गोल गरेका थिए ।

त्यसपछि सडन डेथमा चर्च व्याइजले बाजी मार्दै एक गोल थपेको थियो । आजको खेलको प्लेयर अफ द म्याच चर्च व्वाइजका गोलरक्षक टिकेन्द्र थापा भए । उनले नगद रु. ११ हजार पुरस्कार प्राप्त गरे । 

सोमवारको खेल धरान एफसी र उज्वेकिस्तानको व्ल्याक बुल्स एफसीबीच हुनेछ ।