३ चैत २०८१, सोमवार

प्रचण्डको फोटो जलाएको आरोपमा राप्रपा कार्यकर्ता पक्राउ

२ चैत २०८१, आइतवार
Image

झापा, ३ चैत । पूर्वप्रधानमन्त्री एवम् नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फोटो जलाएको आरोपमा कालिकोटका राप्रपा कार्यकर्ता निराजन बम पक्राउ परेका छन् ।

पूर्वराजा लक्षित अभिव्यक्ति दिएकोमा विरोध जनाउँदै राप्रपाको राष्ट्रिय प्रजातान्त्रिक युवा संघका महासचिव बमले केही दिनअघि मकवानपुरको एक कार्यक्रममा प्रचण्डको फोटो जलाएका थिए । उनलाई आज भरतपुर विमानस्थलबाट प्रहरीले पक्रिएको हो ।

उनीविरुद्ध उजुरी परेको जनाउँदै सोधपुछका लागि पक्राउ गरिएको प्रहरीको भनाई छ । तर, नेताको फोटो जलाएकै आरोपमा पक्राउ गरिएको भन्दै राप्रपा कायृकर्ताहरुले विरोध जनाउन थालेका छन् ।

मेचीनगरका राप्रपा नेता विशालकृष्ण बाँस्तोलाले पक्राउको घटनाप्रति सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका छन् ।

उनी लेख्छन्–‘प्रचण्डले राजालाई विनाप्रमाण भाइमारा, मूर्तिचोर भन्न हुने, हामीले त्यही प्रचण्डको अभिव्यक्तिमा विमति राख्न नपाउने ?’

राप्रपा झापाका अध्यक्ष केशव ओझाले पक्राउ परेका बमलाई निःशर्त रिहा गर्न माग गरेका छन् । बमको गिरफ्तारी गैरकानूनी रहेको उनको भनाई छ ।