१९ चैत २०८१, बुधवार

राजाबादी आन्दोलन समितिमा राप्रपा अध्यक्ष लिङ्देन सदस्य मात्र !

३ चैत २०८१, सोमवार
Image

झापा, ४ फागुन । राजाबादीहरुले आन्दोलन गर्ने भन्दै पञ्चायतकालीन नेता नवराज सुबेदीको संयोजकत्वमा निर्देशक समिति गठन गरेका छन् ।

गणतन्त्र पक्षधर दलहरुसँग प्रतिष्पर्धा गरिरहेको दल राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरु समितिको सदस्य मात्र रहेका छन् ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष रविन्द्र मिश्र, पूर्व अध्यक्ष पशुपति शमशेर जबरा र राप्रपा नेपालका अध्यक्ष कमल थापा सदस्य मात्र रहनु भएको छ ।

समितिको सदस्यमा राजाबादी अभियन्ता दुर्गा प्रसाई समेत हुनुहुन्छ । अस्मिता भण्डारी, केशरबहादुर बिष्ट, रमा सिंह, हरिबहादुर बस्नेत लगायत सदस्यमा हुनुहुन्छ ।

आन्दोलनको नेतृत्व कसले लिने भन्नेमा राजाबादी नेताहरुबीच मतभेद रहेको थियो । पूर्व पञ्च नेता केशरबहादुर बिष्टले समितिको सदस्यमा बस्न अस्वीकार गर्नु भएको छ ।

समितिको सल्लाहकार समितिको संयोजकमा डा। जगमान गुरुङ, सदस्यमा डा। राजेश अहिराज लगायतको नाम सार्वजनिक भएको छ ।

तर, डा। अहिराजले राजाबादीहरुको समितिमा आफ्नो नाम राखिएकोमा आपत्ति जनाउनु भएको छ । डा. गुरुङलाई आन्दोलन समितिको संयोजक बनाउने पहिल्यैदेखि प्रचार गरिए तापनि अन्त्यमा सल्लाहकारमा राखिएको छ । 

राजबादीहरुले आज काठमाडौंमा उक्त समिति प्रस्ताव गरेका हुन् । संवैधानिक राजसंस्थाको पुनर्सापना, सनातन हिन्दू अधिराज्यको पुनस्र्थापना, संघीयता खारेजी, भ्रष्टाचार नियन्त्रण र सुशासन लगायतका माग उनीहरूले अघि सारेका छन् ।

राजाबादीहरुको पार्टीकै रुपमा चिनिएको राप्रपाका अध्यक्षलाई नै सदस्यमा मात्र बनाएर गठन गरिएको समितिप्रति राप्रपाभित्रै तीब्र असन्तोष उब्जिएको छ ।

स्रोतका अनुसार अध्यक्ष लिङ्देन सदस्यमा बाध्यताले मात्र बस्नु भएको हो । राप्रपाकै नेताहरु रविन्द्र मिश्र, ज्ञानेन्द्र शाही, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीले लिङ्देनलाई राजाबादीहरुको आन्दोलनको नेतृत्व लिनबाट रोक्न चलखेल गरेको थाहा पाएका लिङ्देन पार्टी विभाजन उन्मुख नहोस् भनेर सदस्य बस्न राजी भएको स्रोतले जनाएको छ ।

पूर्वाराजाले पनि जल्दोबल्दो नेता लिङ्देनको साटो पुराना पञ्च सुबेदीलाई नै रोजेको विषयमा राजाबादी शक्तिहरुबीच सुरुमै मतभिन्नता बढेको छ ।

नयाँ राजाबादी नेता दुर्गा प्रसाई आफुले आन्दोलनको नेतृत्व गर्न पाउनु पर्ने सोचमा थिए । आफुले नै झापामा पूर्वराजालाई ल्याएर आन्दोलनको सुरुवात गरेको उहाँको जिकीर रहँदै आएको छ ।