झापा, ८ चैत । मेची उद्योग बाणिज्य संघले स्थापना गरेको आर्थिक पत्रकारिता पुरस्कारबाट शुष्मा राजवंशी पुरस्कृत हुनुभएको छ ।
धुलाबारीमा विहीवार आयोजित संघको २० औं साधारणसभामा पत्रकार राजवंशी नगद रु. २१ हजारसहित प्रमाणपत्रले सम्मानित हुनुभएको हो । उहाँ स्थानीय रेडियो साथीको प्रबन्ध निर्देशक एवम् झापाकी स्थापित पत्रकार हुनुहुन्छ । संघले प्रत्येक बर्ष आर्थिक क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई पुरस्कृत गर्दै आएको छ ।
सो अवसरमा उत्कृष्ट कर्मचारीको रुपमा रु. १५ हजार नगदसहित गंगालाल विक र उत्कृष्ट उद्यमी महावीर अग्रवाल पुरस्कृत हुनुभएको छ । कार्यक्रममा संघले सञ्चालन गरेको एम्बुलेन्सका चालक मिनबहादुर खड्कालाई नगद रु. १६ लाख ५२ हजार नगदसहित उपदान दिएर विदाई गरिएको छ ।
उहाँहरु सबैलाई कोशी प्रदेशका सांसद गोपाल तामाङले पुरस्कृत गर्नुभएको थियो । कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख गोपाल बुढाथोकी, संघका पूर्व अध्यक्ष केशवराज पाण्डे, विर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपाने लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।