१९ चैत २०८१, बुधवार

चौतारीको अध्यक्षमा राजेश र गणेशको उम्मेद्वारी घोषणा

७ चैत २०८१, शुक्रवार
Image

झापा, ८ चैत । प्रेस चौतारी नेपालको अध्यक्ष पदमा राजेश राई र गणेश पाण्डेले उम्मेद्वार बन्ने घोषणा गर्नु भएको छ ।

कोशी प्रदेशको राजधानी विराटनगरमा यही चैत १०, ११ र १२ गते आयोजना हुने दशौं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

यही सिलसिलामा कोशी प्रदेशकै राई र गण्डकी प्रदेशका पाण्डेले अध्यक्षमा दावी प्रस्तुत गर्नु भएको हो ।

हालका उपाध्यक्ष राईले सामाजिक सञ्जालमार्फत उम्मेद्वारी दिने घोषणा गर्नु भएको हो । हालका वरिष्ठ उपाध्यक्ष पाण्डेले पार्टीको प्रचार विभागको सचिव पदबाट राजीनामा दिएर चौतारीको अध्यक्ष उठ्ने जानकारी दिनु भएको छ ।

चौतारीको अध्यक्षमा महासचिव हिरा लामाको समेत दावी छ । उहाँले उम्मेद्वारी रहने बताउँदै आउनु भएको छ ।