फ्याक्ट चेक
फ्याक्ट चेक
झापा, १४ चैत । नेपाल विद्युत प्राधिकरणका पूर्व सीइओ कुलमान घिसिङले ‘विभिन्न मिडियालाई बाँडे यति धेरै पैसा’ शीर्षकमा समाचारहरु सामाजिक सञ्जालमा आइरहेका छन् । स्वच्छ र मितब्ययी कर्मचारीको रुपमा ख्याति आर्जन गरेका कुलमानले के साँच्चिकै पैसा बाँडेकै हुन् त ? कि होइनन् ?
यस विषयमा हामीले ‘फ्याक्ट चेक’ गर्ने प्रयास गरेका छौं ।
झापाका पत्रकार प्रदिप परियारले आफ्नो फेसबुक आइडीमा दैनिक हब नामक अनलाइन पत्रिकाको समाचारको कटिङ पोस्ट गर्दै लेख्नु भएको छ–‘कुलमानले आफ्नो पक्षमा समाचार लेखाउन विभिन्न १४४ मिडियालाई न्यूनतम् ७ हजारदेखि ७ लाखसम्म ७३ लाख ५८ हजार ५७७ रुपैयाँ वितरण गरेको नामसहितको विवरण छ ।’
तर, उहाँको पोस्टमा ७३ लाख पाउने १४४ वटा मिडियाको नाम (विवरण) भने समावेश छैन । यहीकारण उहाँको पोस्टमा ‘होइन होला’ भन्ने आशयको अनेकौं टिप्पणीहरु आएका छन् । धेरैजसो टिप्पणीकर्ताले पत्रकार परियारले कुलमानविरुद्ध अफवाह फैलाउन खोजेको आक्षेप लगाएका छन् ।
के हो त तथ्य ?
प्राधिकरणका पूर्व सीइओ कुलमान घिसिङले आफ्नो पहिलो कार्यकाल सकिनै लाग्दा (अन्तिम महिना) उक्त रकम १४४ वटा मिडियालाई दिएको साँचो हो ।
उहाँको पहिलो चार वर्षे कार्यकाल २०७७ भदौ महिनामा पूरा भएको हो । उहाँको दोस्रो कार्यकाल २०७८ साउन महिनादेखि फेरि सुरु भएको हो ।
कुरा २०७७ भदौको हो । प्राधिकरणको सीइओ कुलमान नै हुनुहुन्थ्यो । कोरोनाको प्रभावले मुलुक आक्रान्त थियो । भदौ १ गते प्राधिकरणले ३५ औं वार्षिकोत्सव मनाएको थियो । कुलमानले भदौ १ गते र त्यसभन्दा पछि केही दिनसम्मका लागि वार्षिकोत्सव सम्बन्धी रु. ७३ लाख १८ हजार ५५७ रुपैयाँ ८४ पैसाको विज्ञापन मिडियाहरुलाई उपलब्ध गराउनु भएको थियो ।
त्यसरी विज्ञापन पाउनेमा सरकारी मिडिया गोरखापत्रदेखि निजी क्षेत्रको कान्तिपुरसम्म थियो । त्यहीबेला ‘कुलमानलाई प्राधिकरणमा दोहोर्याउनु पर्छ, उहाँ राम्रो मान्छे हो’ भनेर मिडियाले खुबै प्रचार गरेका थिए ।
विज्ञापनको भुक्तानी २०७७ भदौदेखि पुस महिनासम्ममा भएको थियो । विज्ञापन कसैले थोरै रुपैयाँको र कसैले भक्कुमार धेरै पाएका थिए ।
पहिलो कार्यकालको अन्तिम महिना (भदौ)मा जाँदाजाँदै उहाँले मिडियालाई विज्ञापनको रुपमा एकैदिन रु. ७३ लाख १८ हजार ५५७ रुपैयाँ ८४ पैसाको विज्ञापन बार्षिकोत्सवमा वितरण गरेको विषय सत्य ठहरिएको छ । तर, पत्रकार प्रदिप परियारको पोस्टमा १८ हजारको ठाउँमा ५८ हजार भएको चाहिँ रहेछ ।
विज्ञापन पाउनेहरुको लिस्ट हेर्नुहोला–