झापा, २७ चैत । तेह्रथुमको लालीगुराँश नगरपालिका वडा नं. १ स्थित तीनजुरे मिल्केमा आज कोशी प्रदेश पर्यटन वर्ष २०८२ को उद्घाटन हुँदैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटन वर्षको उद्घाटन गर्नुहुने प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताउनुभयो ।
कोशी प्रदेशको पर्यटन प्रवर्धन र विकासका लागि प्रदेश सरकारले २०८२ साललाई पर्यटन वर्षको रुपमा मनाउने कार्यक्रम ल्याएको हो ।
कार्यक्रमका लागि सरकारले रु. १० करोड बजेट छुट्याएको छ । पर्यटन वर्ष लक्षित कार्यक्रमहरु वर्षैभरि विभिन्न जिल्लामा आयोजना हुने भएका छन् ।