झापा, २८ चैत । मोटरसाइकल दुर्घटनामा घाइते हुनु भएको भानु साहित्यिक प्रतिष्ठानका अध्यक्ष डिल्लीराम घिमिरेको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ।
चैत २६ गते काँकरभिट्टाबाट भद्रपुर जाने क्रममा सतिघट्टाको भित्री सडकमा उहाँ सवार मोटरसाइकल दुर्घटनामा परेको थियो । मोटरसाइकलको पछाडि बस्नु भएको उहाँको टाउको र शरीरका विभिन्न भागमा गम्भीर आघात पुगेको थियो ।
उपचारका लागि उहाँलाई बीएन्डसी टिचिङ हस्पिटलमा भर्ना गरिएको छ । आइसीयूमा राखेर उपचार भइरहेकोमा बुधवार उहाँको होश खुलेको र आफन्तहरुलाई चिन्नु भएको उहाँका भाइ ज्ञानेन्द्र घिमिरेले जानकारी दिनु भएको छ ।