झापा, २८ चैत । पूर्व शिक्षक पिताम्बर शर्मा मेचीनगर–७ को ज्येष्ठ नागरिक वडा समितिको अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
समितिको बुधवार सम्पन्न प्रथम अधिवेशनले उहाँको नेतृत्वमा २१ सदस्यीय कार्य समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा पूर्व शिक्षक अमर परियार नै सर्वसम्मत चयन हुनु भएको छ । महिला उपाध्यक्षमा मेनुका अधिकारी, सचिवमा रामप्रसाद ढुङ्गेल, सहसचिवमा प्रेमराज गौतम र कोषाध्यक्षमा राजकुमारी राई निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक अग्निप्रसाद घिमिरेले बताउनुभयो ।
सदस्यमा डिकुरा निरौला, मीना कोइराला, गीता पोख्रेल घिमिरे, लालप्रसाद फुयल, भवनाथ दाहाल, अशोक मेचे र सपन राजवंशी चयन हुनुभएको छ भने बाँकी ८ जना सदस्य पछि मनोनित गरिने भएको छ ।
मेचीनगर–७ का वडाध्यक्ष प्रह्लादमणि ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न प्रथम अधिवेशनको संचालन सचिव अमर परियारले गर्नुभएको थियो । रामप्रसाद ढुङ्गेलले स्वागतर अध्यक्ष पिताम्बर शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
सो अवसरमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजी, पूर्व शिक्षक समितिकाकी अध्यक्ष अग्निप्रसाद घिमिरे लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
अधिवेशनमा ज्येष्ठ नागरिकहरुले ज्येष्ठ चौतारी भवन निर्माणका लागि सहयोग गरिदिन नगरपालिकासँग आग्रह गरिएको थियो । वडाध्यक्ष ओलीले आगामी वर्षको बजेटमा भवन निर्माणका लागि रु। ५ लाख बिनियोजन गराउन पहल गर्ने बताउनुभयो । यसपाली उहाँले वडाकै बजेटबाट घेराबेराका लागि रु। एक लाख बजेट दिइएको बताउनुभयो ।